सुचना
३ नं वडा कार्यालय खिदिम
३ नं वडा कार्यालय खिदिम:
वडा नं. ३ खिदिममा कार्यरत कर्मचारीहरुको विवरण ।
| सि नं. | कर्मचारीहरुको नाम थर | पद | ठेगाना | सम्पर्क नं. | 
| १ | शोभाखर भुसाल | वडा सचिव | पाणिनी गाउँपालिका वडा नं. ३ | ९८५७०८६५२४ | 
| २ | उमानाथ पौडेल | अ.स.ईन्जिनियर | पाणिनी-०८ | ९८५७०६३०९२ | 
| ३ | विवेक भुसाल | सामाजिक परिचालक | पाणिनी गाउँपालिका वडा नं. ३ | ९८६७५४९९४४ | 
| ४ | प्रिन्स सारु | कार्यालय सहयोगि | पाणिनी गाउँपालिका वडा नं. ३ | ९८६७१८१८२२ | 
| ५ | दुर्गा प्रसाद ज्ञवाली | कार्यालय सहयोगि | पाणिनी गाउँपालिका वडा नं. ३ | ९८४७००२८१० | 
यो वडाको जम्मा क्षेत्रफल १८.३४ वर्ग कि मि रहेको छ।साविक गा वि स अनुसार यस वडाको करिव १२३०.८१ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु फर्सवा टाकुरा वरकारुख हटिया दुर्गाफाँट देवलचौर रहेका छन।कुल जनसङ्ख्याको २२.७१ प्रतिशत जनसङ्ख्या विदेशीएको छ। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ४ कि.मि. रहेको छ।
जडिवुटी: कुरीलो, लोत्ता, जिवन्ती ,सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो,सिल्टिमुर, चीराइतो।
जनसङ्ख्या: राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ८६९ पुरुष १४९८ र महिला १९७६ रहेका छन।
स्वास्थय: १)यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७१।०१।२२ थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७१जेठ २३ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।
- दुर्वाशेश्वर गुफाँ
- मालिका
- फर्सवा वजार
- सातुनधारा
- पनेराचौर
यस वडामा विद्यमान स्वास्थय संघ संस्थाको विवरण:
| क्र श | PHC/ORC | DOTS Centre | खोप केन्द्र | किशोर किशोरी मैत्री सेवा केन्द्र | वर्थीङ्ग केन्द्र | सुरक्षीत गर्भपतन सेवा केन्द्र | म स्वा से | हे पो | 
| १ | ३ | १ | ५ | * | * | * | १८ | १ | 
शिक्षा :यो वडालाइ वि सं २०७१।०७।२७ गतेका दिन साक्षर घोषणा गरीएको थियो भने यो वडाको साक्षरता प्रतिशत ९६.०९ रहेको छ।
यस वडामा ५ आधारभुत विद्यालय र ३ माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन।
धार्मिक सम्पदा:
- दुर्वाशेश्वर गुफा
- मालिकादेवि मन्दिर
- त्रिवेणिघाट मन्दिर
- आलमदेवि थान
- शिवालय मन्दिर
- सुपादेउरालि मन्दिर्
कृषि/पशु :यो वडालाइ सुन्तला खाध्यान्न र डेरीको को लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ संगम साकोस सहकारी संस्था दर्ता भएको छ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    