FAQs Complain Problems

 

"पाणिनी र दुर्वाशा ऋषिको पहिचान,समृद्ध पाणिनी निर्माण हाम्रो अभीयान"।

 

संक्षिप्त परिचय

पाणिनी गाउँपालिकाको वस्तुगत विवरण

भौगोलिक अवस्थिति र बनोटः
नेपालको पुनसंरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा अर्घाखाँची जिल्लाको पूर्वि भेगका साविकका गा.वि.स.हरु पणेना, पोखराथोक, खिदिम, पटौटी, मैदान, धातिवाङ्ग, अड्गुरी, पाली गा. वि. स. को वार्ड नं १ देखी ८ सम्म र साविकको चीदीका गाविसको वार्ड नं ९ लाई समेटेर यस गाउँपालिकाको स्थापना २०७३ फागुन २७ गते भएको हो । यो गाउँपालिकाको ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकालदेखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस पालिगाउँकाको पूर्वमा रैनादेवी छहरा गाउँपालिका पश्चिममा सन्धिखर्क नगरपालिका, उत्तरमा छत्रदेव गाउँपालिका तथा दक्षिणमा शितगंगा नगरपालिका रहेका छन् ।
भौगोलिक अवस्थिति
अक्षांश : २७°५२´ देखी २७° ५५´ उत्तरी अक्षांश
देशान्तर : ८३°१२´ देखी८३°१७´ पूर्वि देशान्तर
उचाई : समुन्द्री सतहवाट ८५२ मिटर (गाउँपालिका केन्द्र)
हावापानी : उष्ण प्रदेशीय
तापक्रम : ३१.८ डी. सेल्सियस
वर्षा : १२८५ मिलिलिटर
नदीनाला : बागी खोला (रिडी खोला), सौर्य खोला, सिस्ने खोला, दुर्गा खोला, वाग्ले खोला आदी
मुख्य जात जाति : ब्राह्मण, क्षेत्री, कुमाल, मगर, नेवार, दलित र मुस्लिम
धर्म : हिन्दु, इस्लाम आदी ।
जमिन : भिरालो पहाडी
ऐतिहासिक चिनारी तथा नामाकरण
पाणिनी तपोभुमी साविकको पणेना गा.वि.स. को सवैभन्दा अग्लो टापुमा रहेको छ । यहाँ पाणिनी ऋषिले तपस्या गरेका थिए । उनको तपस्या गरेको ठाउँ नै पछि पणेना कहलियो भन्ने जनश्रुति छ । पाणीनी गाउँपालीकाको नामाकरण हेर्दा पाणिनी ऋषीले तपस्या गरेको स्थान पाणिनी तपोभुमिलाई आधार मानि नामाकरण गरेको पाईन्छ ।
राजनैतिक अवस्थिति
प्रदेश : लुम्बिनी
जिल्ला : अर्घाखाँची
निर्वाचन क्षेत्र : संघीय निर्वाचन क्षेत्र नं. १, अर्घाखाँची
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख), अर्घाखाँची

धरातलीय अवस्थाः
पूर्व : रैनादेवी गाउँपालिका (पाल्पा) पश्चिम : सन्धिखर्क न.पा. (अर्घाखाँची)
उत्तर : छत्रदेव गा.पा. र छत्रकोट गा.पा.(गुल्मी) दक्षिण : सितगङ्गा न.पा. (अर्घाखाँची)

//