पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लाका ३ वटा गाउँपालिकाहरू मध्ये एक हो। वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अर्घाखाँची जिल्लामा साविकका चिदीकाको वडा नं. ९, पालीको (१-८) वडाहरू, पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ र अडगुरी गाउँ विकास समितिहरूलाई समेटेर पाणिनी गाउँपालिका घोषणा गरिएको थियो। यसको क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। पाणिनि तपोभूमि (पणेना), साततले गुफा, मालिका मन्दिर, खिदिम, आलम देवीको मन्दिर,पालीको पन्थीटोलमा रहेको देविस्थान मन्दिर आदि यहाँका प्रमुख पर्यटकीय स्थलहरू हुन । यहाँ हरिहर मावि, कमला मावि, कृष्ण मावि र शिवमदन मावि लगायतका विद्यालय छन्। पाणिनी गाउँपालिकाको पूर्वमा गुल्मी र पाल्पा जिल्ला, उत्तरमा छत्रदेव गाउँपालिका, पश्चिममा सन्धिखर्क र शीतगङ्गा नगरपालिका र दक्षिणमा शीतगङ्गा नगरपालिका र पाल्पा जिल्लासँग जोडिएको छ।